• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मजदुरले ‘बन्धक’ बनाएका त्रिवेणी उद्योगका प्रमुखसहित व्यवस्थापकको उद्धार

    338
    SHARES


    काठमाडौँ। पथलैया-वीरगञ्ज औद्योगिक करिडोरको छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिका प्रमुखसहित व्यवस्थापकलाई प्रहरीले उद्धार गरेको छ ।

    उद्योगमा कार्यरत मजदुरहरुले चाडपर्वमा बोनस नदिएको भन्दै उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ८ जना कर्मचारीलाई थुनेर राखेका थिए ।

    बुधवार दिउँसो १ बजे मजदुर र उद्योग प्रशासनबीच भएको वार्तामा सहमति नभएपछि साँझ ५ बजेदेखि आज (बिहीबार) दिउँसो ३ बजेसम्म उद्योगमै बन्धक बनाएर राखेको उद्योग व्यवस्थापक प्रेमकुमार सिंहले जनाएका छन् । बन्धक बनाइएका सबैलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेर ईलाका प्रहरी कार्यालय सिमरामा लगेर राखेको सिंहले जनाएका छन् ।

    ‘उहाँहरुको माग चाडपर्वको बेला बोनस चाहियो भन्ने थियो, हामीले श्रम ऐन र बोनस ऐन अनुसार नै बोनस बाँड्छौं भनेका थियौं, तर वार्ता नमिलेपछि एक्कासी हामीलाई बुधबार साँझ ५ बजेदेखि आज दिउँसो ३ बजेसम्म कोठाभित्रै थुनेर राख्नुभयो,’ सिंहले भने ।

    त्रिवेणी स्पेनिङ मिल्स प्रालि जीतपुरसिमरा उपमहानगर-९ छातापिपरामा पर्दछ । सो उद्योग बारा-पर्सा औद्योगिक करिडोरमध्येकै सबैभन्दा धेरै मजदुर कार्यरत छन् । प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले उद्योग प्रमुख, व्यवस्थापक र कर्मचारीलाई उद्धारको क्रममा अश्रुग्याँस समेत प्रयोग गर्नुपरेको बताएका छन् ।

    ‘दोहोरो झडपको अवस्था सिर्जना भएपछि हामीले उद्धारको क्रममा अश्रुग्याँस प्रहार गरेका हौं,’ उनले भने ।दोहोरो झडपको क्रममा ११ जना प्रहरी र केही मजदुरसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया