• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सहकारीका कर्मचारीलाई गोली हान्ने ४ जना भारततर्फ जाँदै गर्दा पक्राउ

    432
    SHARES


    काठमाडौँ। सर्लाहीको बाग्मतीमा हिजाे बुधवार भएको गोली काण्डका चार जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूलाई बलरा नगरपालिका-३ को लक्ष्मीपुर नाका हुँदै भारततर्फ जाँदै गर्दा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । चार जनाको समूहमा हिँडेका मध्ये एक जना भाग्न खोजेपछि प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

    प्रहरीले चलाएको गोली लागेर धनकौल- १ सेखौनाका धिरेन्द्र सहनी घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।

    पक्राउ पर्नेमा उनीसहित भारत बिहारको मोतिहारिका २२ वर्षीय गुल्शन सिंह, बैसालीका २० वर्षका सौरभ साह र रेहान सिंह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    उनीहरूले हिजो बिहान ११ बजे सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण तथा सहकारी संस्थाका कर्मचारी साजन कार्कीलाई कार्यालयभित्र पसेर चार गोली हानेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया