• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ललितपुरमा मात्रै १३ सयभन्दा बढी म्यादी प्रहरी परिचालन हुने

    303
    SHARES


    काठमाडौँ। ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १३ सय आठजना म्यादी प्रहरी परिचालन हुने भएको छ । ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन् । हाल उनीहरुलाई तालिम दिने काम भइरहेको जनाइएको छ ।

    ललितपुरका विभिन्न नौ स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिम पछि उनीहरुलाई आवश्यकताअनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरु मध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए ।

    सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्व सुरक्षाकर्मी, पुराना म्यादी प्रहरीहरूलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया