• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    ९९ जना बालबालिकाकाे ज्यान गएपछि सबै सिरप औषधिमा प्रतिबन्ध

    459
    SHARES


    काठमाडौँ। इन्डोनेसियामा ९९ जना बालबालिकाको ज्यान गएपछि सरकारले देशैभर सबै सिरप र झोल औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

    सिरप औषधि सेवन गरेका ९९ जना बालबालिकाको मिर्गाैलामा समस्या देखिएर ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा धेरै जना पाँच वर्षमुनिका रहेका छन् । थप जानकारी सङ्कलनको काम भइरहेकाले ज्यान गुमाउनेकाे सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान छ ।

    इन्डोनेसियाको सरकारले घटनाको अनुसन्धान भइरहेको र सिरप र झोल औषधिको बिक्रीमा रोक लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ । औषधिले बालबालिकाको मिर्गाैलामा तीव्ररूपले असर गर्ने गरेको खबरमा उल्लेख छ । ती औषधि आयात गरिएको हो कि स्थानीय उत्पादन हो भन्ने बारे भने स्पष्ट भइसकेकाे छैन ।

    इन्डोनेसियाका स्वास्थ्य मन्त्रीले स्थानीयरूपमा प्रयोग हुने केही औषधिहरूमा यसअघि गाम्यिामा जस्तै रासायनिक तत्त्वहरू भेटिएको बताए । बिरामी बालबालिकाका लागि प्रयोग हुने केही सिरपहरूमा एथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल समावेश भएको प्रमाणित भएको थियो । यो केमिकल औषधिमा प्रयोग गर्नु हुँदैन ।

    यस महिनाको सुरुमा गाम्बियामा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि खाँदा ७० जना बालबालिकाको ज्यान गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औषधिमा प्रतिबन्ध नै लगाएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया