• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

    651
    SHARES


    काठमाडौँ। निर्वाचन आयोगले रौतहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ ।

    आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

    ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । तर नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

    हेर्नुहोस् पत्र

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया