• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले धेरै कुरा सिक्नुपर्छ: मन्त्री श्रेष्ठ

    304
    SHARES


    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन् ।

    चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लवले आयोजना गरेको फोटो प्रदर्शनी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सामाजिक र आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याएर चीनले विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रमा सूचीबद्ध हुने सफलता हासिल गरेको बताए ।

    पछिल्लो समय चीनले गरिबी निवारणमा उच्चतम सफलता हासिल गरी गरिबी पूर्ण उन्मूलन गरेको भन्दै श्रेष्ठले औद्योगिकीकरण र सूचना प्रविधिको क्षेत्रमा चीनले पाएको सफलताबाट प्रेरणा लिनुपर्ने उनको भनाइ रहेको छ ।

    उनले नेपालसँग सीमा जोडिएको र नेपालको विकासमा एक असल मित्रको रुपमा चीन सरकारले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको बताए । फोटो प्रदर्शनीमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षको अवसरमा चीनले हासिल गरेका उपलब्धीहरु समेटिएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया