• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इन्डोनेसियाको सबैभन्दा ठूलो मस्जिदमा भीषण आगलागी, के छ अवस्था ?

    293
    SHARES


    काठमाडौँ। बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बजमा भीषण आगलागीका कारण भत्किएको छ । जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो र मस्जिदमा मर्मतको काम चलिरहेको थियो ।

    जकार्ता ग्लोबको समाचार अनुसार यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको छ । सामाजिक सञ्जालमा शेयर भइरहेको घटनाको भिडियोमा गुम्बज खसेलगत्तै चारैतिर धुवाँको मुस्लो देखिएको छ । आगो निभाउन १० वटा दमकल घटनास्थल पुगेका थिए ।

    इन्डोनेसिया न्युज नेटका अनुसार करिब २० वर्ष पहिले सन् २००२ को अक्टोबरमा पनि यस मस्जिदको मर्मतका क्रममा आगलागी भएको थियो । त्यसबेला आगो निभाउन पाँच घन्टा लागेको थियो । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया