• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्रोत नखुलेको २० लाख नगदसहित २ जना धनुषाबाट पक्राउ

    273
    SHARES


    काठमाडौँ। धनुषाको सबैला नगरपालिका-१२ स्थित रघुनाथपुरबाट प्रहरीले श्रोत नखुलेको बीस लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सुनसरी घर भएका २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता रहेका छन् ।

    आशिष कादमले चलाएको प्रदेश-१-०२-०४६ प ५६३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले बताए ।

    आरोपीहरुले सो नगदको स्रोत खुलाउन सकेका छैनन् । प्रहरी चौकी बरमझियाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा पठाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया