• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    विश्व चर्चित बेलायती कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स नेपालमा, सगरमाथा क्षेत्रको भ्रमण गर्ने

    1.2K
    SHARES


    काठमाडौँ। विश्व चर्चित बेलायती एड्भेन्चरर तथा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्स हाल नेपाल भ्रमणमा छन् । निकै चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मार्फत् विश्वभरी पहिचान बनाउने बेयर ग्रिल्सले सगरमाथा क्षेत्रको भ्रमण गर्ने नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

    पर्यटन बोर्डले ग्रिल्सलाई नेपालमा स्वागत गर्दै उनको भ्रमण सफल होस् भन्दै शुभकामनासमेत दिएको छ । यस्तै ग्रिल्सले पनि आफ्नो ट्वीटर अकाउन्टमा एउटा भिडियो पोस्ट गर्दै एभरेष्ट खुम्बु क्षेत्रमा परिवार र साथीभाइसँग आइपुगेकोमा आफू निकै उत्साहित भएको बताएका छन् ।

    उनले सगरमाथा र आमा डब्लमको सम्झना सधैँ आफूसँग शक्तिशाली रुपमा रहनेसमेत बताएका छन् । उनको ट्वीटमा थुप्रैले कमेन्ट गरी नेपालमा स्वागत गरेका छन् । साथै यात्रा सुखद रहोस् भनेर कामनासमेत गरिरहेका छन् ।

    बेयर ग्रिल्सको वास्तविक नाम एडवर्ड माइकल ग्रिल्स होा र उनको जन्म ७ जुन सन् १९७४ मा लण्डनमा भएको थियो । उनी अंग्रेजी, स्पेनिस, फ्रेन्च र अमेरिकी भाषाका जानकार हुन् । बाल्यकालमा नै बेयरले स्काइडाइभिङ सिकेका थिए र कराँतेमा ब्ल्याक बेल्ट हासिल गरेका थिए । बेयर ग्रिल्सले तीन वर्षसम्म बेलायती आर्मीमा सेवा दिएका छन् । सन् २००४ मा उनलाई रोयल नेभी रिजर्भमा लेफ्टिनेन्ट कमान्डर र्‌याङ्कद्वारा सम्मानित गरिएको थियो ।

    बेयर ग्रिल्सले सन् १९९८ मा २३ वर्षको उमेरमा सगरमाथा चढ्ने सपना पूरा गरेका थिए । सगरमाथा आरोहण गर्नु १८ महिना अघि मात्रै प्यारासुट ग्लाइडिङका बेला उनको मेरुदण्डको हड्डी भाँच्चिएको थियो । उनले हालसम्म थुप्रै टिभी शो गरेका छन् ।

    यसमध्ये सन् २००५ मा आएको इस्केप टु द लेजियन, म्यान भर्सेस वाइल्ड, सन् २०१० मा वर्स्ट केस सिनारियो, सन् २०११ मा बियर वाइल्ड विकेन्ड, सन् २०१३ मा गेट आउट अलाइभ, एस्केप फ्रम हेल, द आइसल्याण्ड, रनिङ वाइल्ड विद बेयर ग्रिल्स, मिशन सर्भाइभर, बेयर ग्रिल्स सर्भाइभर स्कूल, सर्भाइभर गेम्स इत्यादि चर्चित छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया