• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

    413
    SHARES


    काठमाडौँ। दशौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने भएको छ । बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद बोर्ड बैठकले ०८१ मा हुने उक्त राष्ट्रिय खेलकुद आयोजना कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने निर्णय गरेको छ । कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार कुन महिना हुने भन्ने कुराको टुङ्गो लाग्न बाँकी रहेको छ ।

    आयोजना सम्पन्न गर्नका लागि कर्णालीमा निर्माणाधीन प्रदेश गौरवको रङ्गशालाको काम धमाधम भइरहेको छ । ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजना निर्माणको काम सुरु भएको ठिक एक बर्ष पुगेको छ ।

    गौरवको योजनाको कुल लागत लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ रहेको छ । रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाउने तयारी भइरहेको छ भने भलिबल, बास्केटबल लगायतका खेलहरु खेल्न मिल्नेछ ।

    यस्तै, भिआइपी, ‘वेटिङ रुम, भिआइपी प्याराफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचनाहरु पनि निर्माण हुने जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया