• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    रूसले कब्जा गरेका युक्रेनी भूभागमा सैनिक शासन लागू

    335
    SHARES


    काठमाडौं । रूसले कब्जा गरेका युक्रेनका भूभागहरुमा सैनिक शासन लागू गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागू गरेको घोषणा गरेको छ  ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा भनेका छन्, ‘मैले रूसी महासंघका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल (सैनिक शासन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु ।’

    टेलिभिजनमार्फत प्रसारण भएको पुटिनको सम्बोधनपछि सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । रूसी कानुनअनुसार सैनिक शासन लागू भएपछि सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिक नजरबन्द लगायतका अनुमति मिल्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया