• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    नवौं राष्ट्रिय खेलकुद आजबाट सकिँदै, दशौं संस्करण कर्णालीमा हुने

    357
    SHARES


    काठमाडौँ। गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदै छ । राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहबीच समापन गरिने भएको छ ।

    समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति हुने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उद्घाटन भएको थियो ।

    पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे बाट समापन समारोह सुरु हुनेछ र समाराेहमा सहभागी टिमको मार्चपास, कलाकार प्रकाश सपुत र मिलन नेवाको सांगीतिक प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।

    समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ । दशौं संस्करण २०८१ सालमा आयोजना हुने भएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया