• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    नवौं राष्ट्रिय : कबड्डी महिलातर्फ आर्मी र पुलिस फाइनलमा प्रवेश

    418
    SHARES


    पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी महिलातर्फ त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् ।

    बुधबार भएको सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले लुम्बिनी प्रदेशलाई २३-६ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

    यस्तै अर्को विभागिय टोली पुलिसले सशस्त्र प्रहरी बललाई ३२- २९ पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

    फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित पनि भए ।

    प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलले समान ३ जित र २ पराजय वेहोर्दै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया