• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंमा जग्गाको वर्गीकरण सिफारिस गर्ने जिम्मा वडाहरुलाई

    299
    SHARES


    काठमाडौं । काठमाडौं महानगरपालिकाले भू-उपयोगअनुसार जग्गाको वर्गीकरणका लागि सबै वडामा भू-उपयोग कार्यान्वयन उपसमिति गठन गरेको छ । महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको भू-उपयोग कार्यान्वयन समितिको संयुक्त बैठकले वडाध्यक्ष संयोजक र वडा सचिव सदस्यसचिव रहने गरी समिति बनाउने निर्णय गरेको हो ।

    गठित उपसमितिमा वडा सदस्यहरु सदस्य रहनेछन् । उपसमितिको बैठकमा स्थानीय सरोकारवालाहरुलाई आमन्त्रित सदस्यका रुपमा बोलाउन सकिने व्यवस्था गरिएको छ । उपसमितिलाई आफ्नो वडामा भएको जमिनलाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरणका लागि अध्ययन गरेर सिफारिस गर्न जिम्मेवारी दिइएको छ ।

    यस्ता उपसमितिले सांस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यवसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्न सिफारिस गर्नुपर्नेछ ।

    भू-उपयोग ऐन २०७६ को व्यवस्थापनअनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन् । ऐनबमोजिम कार्यपालिकाले परिषदका रुपमा काम गर्नेछ ।

    प्रमुखकै अध्यक्षतामा रहने कार्यान्वयन समितिमा पनि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । यस समितिमा वडाध्यक्ष, पालिकाको कृषि, वन, भूमि, भौतिक पूर्वाधारसँग सम्बन्धित अधिकारी, स्थानीय भूउपयोग परिषद्ले तोकेका २ जना महिलासहित ४ जना सदस्य रहने व्यवस्था छ ।

    यसअनुसार आठौं कार्यपालिका बैठकले नानीबाबु दाहाल, चन्द्रप्रसाद घिमिरे, विना बुद्धाचार्य र रजनी दाहाललाई कार्यान्वयन समितिको सदस्यमा मनोनयन गरिसकेको छ ।

    बैठकमा प्रमुख साहले माटो र बनावटको अवस्था हेरेर कृषि र गैर कृषि क्षेत्र छुट्याउन आग्रह गरे । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यान्वयन उपसमितिबाट आएको सिफारिस, कार्यान्वयन समितिमा छलफल गरिने र कार्यान्वयन समितिबाट पेश भएको अवस्थाका विषयमा स्थानीय भू-उपयोग परिषदमा छलफल गरेर निर्णय हुने बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया