• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    कालीकोटका ५१ बस्ती अझै बाढी, पहिराको जोखिममा

    307
    SHARES


    काठमाडौँ। कालीकोटका नौ स्थानीय तहका ५१ बस्ती अझै बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ ।

    यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा रहेका छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए ।

    रास्कोट नगरपालिका-११, सान्नीत्रिवेणी गाउँपालिकाका-७, तिलागुफा नगरपालिकाका-७, खाडाँचक्र नगरपालिकाका-७, शुभकालिका गाउँपालिका-४, महाबै गाउँपालिका-५, पचालझरना गाउँपालिका पाँच र पलाँता गाउँपालिका सात वटा बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।

    असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी क्षति कालीकोटमा नै भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । पहिरोले स्थानीयका घर, खेत, खानेपानी, सिँचाइ कुलो, बाटोसहितको क्षति भएको छ ।

    कालीकोटमा बाढीपहिरोका कारण नौ वटै स्थानीय तहमा गरी पाँच सय ९० घर पूर्णरुपले भत्किएको, सात सय ४२ घर आंशिकरुपले भत्किएको र सात सय १३ घर उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ । बाढी, पहिरामा परेर कालीकोटको छ जनाको मृत्यु भएको एक प्रहरी जवानसहित १७ जना अझैँ बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया