• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    अटोरिक्शाको प्रतीक्षामा रहेकी महिलाको सामूहिक बलात्कार, बोराभित्र फेला, गुप्ताङ्गमा फलामको रड

    370
    SHARES


    काठमाडौँ। दिल्लीमा एक महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

    दिल्ली महिला आयोगले गाजियाबाद पुलिसलाई ३८ वर्षीया महिलाको सामूहिक बलात्कारको सम्बन्धमा नोटिस पठाएको छ । आयोगकी प्रमुख स्वाती मालिवालले यो घटनाले आफूलाई निर्भया बलात्कार प्रकरणको सम्झना गराएको बताएकी छिन् ।

    दिल्ली निवासी पीडित महिला बोरामा फेला परेको आयोगले जनाएको छ । आयोगका अनुसार उनको हात खुट्टा बाँधिएको अवस्थामा फेला परेकी थिइन् भने उनको गुप्ताङ्गमा फलामको रड थियो ।

    आयोगका अनुसार ती महिला गाजियाबादमा अटोरिक्शाको प्रतीक्षामा रहेकी थिइन् । घटना १६ अक्टोबरको हो । ती महिला आफ्नो भाइको जन्मदिनमा सहभागी हुन जान लागेकी थिइन् । सोही समयमा चारजनाले महिलालाई अपहरण गरेर आफ्नो एसयूभीमा लगेका थिए ।

    यी चारजनासँगै अर्का एक व्यक्तिले महिलालाई दुई दिनसम्म सामूहिक बलात्कार र यातना दिएको आरोप पनि छ । आयोगका अनुसार ती महिलाको दिल्लीको अस्पतालमा उपचार भइरहेको छ तर उनको अवस्था ‘अत्यन्तै नाजुक’ रहेको जनाइएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया