• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    नवौं राष्ट्रिय : खोखोको दुबै प्रतियोगितामा लुम्बिनी र आर्मी फाइनलमा प्रवेश

    395
    SHARES


    काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम नेपाल आर्मी महिला पुरुष दुवै टिम फाइनलमा प्रवेश गरे ।

    बुधबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फ लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको छ ।

    पोखरा रंगशालास्थित ह्यान्डल एकेडेमीमा भएको सेमिफाइनल खेलमा लुम्बिनीले २५-१६ अंकसहित बागमती प्रदेशलाई पराजित गरेको थियो । लुम्बिनीले फाइलनमा विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ ।

    सेमिफाइनलअन्तर्गत बुधबार भएको पहिलो खेलमा विभागीय टिम आर्मीले प्रदेश नं १ लाई पराजित गर्दै फाइलन यात्रा निश्चित गरेको छ र सिंगल इनिङमा सकिएको खेलमा आर्मीले १९-२ अंकसहित जित निकालेको थियो ।

    महिलातर्फ पनि लुम्बिनी प्रदेश र आर्मी नै फाइनलमा पुगेका छन् । ह्यान्डबल एकेडेमीमा भएको सेमिफाइनलअन्तर्गत पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीले सुदूरपश्चिमलाई १८-२ अंकसहित सिंगल इनिङमा जित निकालेको थियो।

    त्यस्तै, महिलातर्फ नै दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई पराजित गर्दै फाइनल पुगेको छ । फाइनल यात्राका लागि लुम्बिनीले प्रदेश १ माथि २२-२ को फराकिलो जित निकालेको हो ।

    महिलातर्फ लुम्बिनी र आर्मी भिड्नेछन् । राउन्ड रोबिनआधारमा असोज ३० गतेबाट सुरु भएको खोखो खेलको पदकका लागि बिहीबार भिड्नेछन् । प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी रहेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया