• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    म्यानमारको कुख्यात इन्सेन कारागारमा बम विष्फोट, कम्तीमा ८ जनाको ज्यान गयो

    356
    SHARES


    काठमाडौँ। म्यानमारको याङ्गुनस्थित कुख्यात इन्सेन कारागारमा शक्तिशाली विस्फोट भएको छ । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

    बीबीसीका अनुसार बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा पार्सल बम विस्फोट हुँदा तीन जेल कर्मचारी र पाँच आगन्तुकको मृत्यु भएको हो।

    इन्सेन जेल देशकै सबैभन्दा ठुलो जेल हो, जसमा करिब १० हजार कैदी छन् । कारागारमा धेरै राजनीतिक बन्दी पनि छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

    अधिकारीहरूले पनि आक्रमणमा १८ जना घाइते भएको पुष्टि गरेका छन् । कारागारका कर्मचारी बाहेक मारिएका पाँच जना महिला थिए, जो कैदीहरूलाई भेट्न आएका थिए।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया