• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    जुकाको औषधी सर्किँदा ३ वर्षका बालकको गयो ज्यान

    316
    SHARES


    काठमाडौँ। सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे निम्लुङमा जुकाको औषधी सर्किँदा तीन वर्षका बालकको ज्यान गएको छ ।

    सुप्पा लामाको छोरा तीन वर्षका सम्शेर लामाको औषधी सर्किँदा ज्यान गएको स्थानीय विष्णुलाल दोङले बताएका छन् ।

    स्थानीय स्वयंसेविका सँगलमु लामा र सँगलमु स्याङ्बोले स्वास्थ्य चौकी बैकुण्ठेबाट भिटामिन र जुकाको औषधी ल्याई बच्चालाई खुवाउने क्रममा सर्किएको थियो ।

    बालकलाई औषधी सर्कन गई फिज काट्न थालेपछि उपचारको लागि एम्बुलेन्समा राखी प्राथमिक स्वास्थ्य केन्द्र साङ्बोटेतर्फ लगिएको थियो ।

    बिहान ११:५६ को समयमा स्वास्थ्य केन्द्रका प्रमुख डा । सञ्जीव खड्काले बालकको मृत्यु भई सकेको बताएका थिए । मृतक बालकको शव पोस्टमार्टमको लागि चौतारा अस्पतालमा राखिएको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया