• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    बझाङको जीप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जना घाइते

    571
    SHARES


    काठमाडौँ। बुधबार बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । छ जना घाइते भएका छन् ।

    मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ६ जना घाइते भएका हुन् ।

    बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ रहेको छ ।

    सनाखत भएका मृतकहरुमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी रहेका छन् । बाँकी ३ जनाको सनाखत भइसकेको छैन ।

    दुर्घटनामा घाइतेहरुको उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा खटिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया