• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    प्रचण्ड पत्नी सीता दाहाल फेरि अस्पताल भर्ना

    706
    SHARES


    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल फेरि अस्पताल भर्ना भएकी छिन् ।

    प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

    ‘सीता म्याडमलाई समस्या भएपछि हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अस्पताल ल्याउने लग्ने भई रहन्छ । नयाँ समस्या भएर होइन’ प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

    सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छिन् । सीता दाहालको स्वास्थ्यमा जटिल समस्या भएपछि पार्टीको कार्यक्रममा समेत प्रचण्ड जान पाएनन् ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया