• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    खानेपानी कार्यालयका इन्जिनियर र पलम्बर २८ लाख रुपैयाँ घुससहित पक्राउ

    256
    SHARES


    काठमाडौँ। रामेछापमा रहेको खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र पलम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

    सत्याल र थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेकसहित आज बुधवार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा खटिएको अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरूले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत रकम लिएको खुलेको अख्तियारले जनाएको छ ।

    उनीहरूलाई चेक र रकम लिइसकेको अवस्थामा इन्जिनियरको निवास रहेको खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया