• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    काठमाडौँ हल्लिनेगरी भूकम्पको शक्तिशाली धक्का, मान्छेहरुको भागाभाग

    623
    SHARES


    काठमाडौँ । काठमाडौँमा भूकम्प गएको छ। बुधबार करिब ३ बजेर ८ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

    भूकम्पले एकछिन हल्लाएपछि केहि मान्छेहरु घर छोडेर भागेका थिए । भूकम्पको केन्द्रविन्दु कहाँ हो भन्नेबारे बिस्तृत विवरण आउँन बाँकी छ ।

    यसैबीच जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ। युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ।

    किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ। संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो।

    पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ।

    बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर मापन गरिन्छ। सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया