• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    शान्तिपूर्ण जस्तो देखिए पनि रक्तपातहिन युद्ध चलिरहेको छ : अध्यक्ष प्रचण्ड

    318
    SHARES


    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शान्तिपूर्ण भनिएपनि रक्तपातपूर्ण युद्ध चलिरहेको बताए ।

    ललितपुर प्रेस सेन्टरले खुमलटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिक्रियावादीहरुले माओवादी मुख्य लिडरसिपलाई घेरा हाल्ने प्रवृत्ति देखिएको पनि बताए ।

    ‘प्रतिक्रियावादीको माओवादी मुख्य लिडरलाई घेरा हाल्ने देखिएको छ । हामीले प्राथमिकताका साथ कसरी रक्षा गर्ने भन्न सक्नुपर्यो ।

    हो गर्ने पनि त्यहीँ नै हो’ प्रचण्डले भने, ‘हिजो प्रतिक्रियावादीले घेरा हाल्ने र सखाप पार्ने हुँदा तोडेर निस्कने हुन्थ्यो । अहिले पनि घेरा नै भ्रम दिने कोसिस भईराख्या छ । हामीले भ्रम चिर्ने घेरा तोड्ने र प्रतिवाद गर्ने हो ।’

    अहिलेको प्रतिक्रियावादी घेरालाई शान्तिपूर्ण तरिकाले मिडियामार्फत जनमत निर्माणमा जुट्न प्रचण्डले आग्रह गरे । ‘एउटाले हार्छ अर्कोले जित्छ भन्नेगरी लिनुहुँदैन । सबै साथीहरु आआफ्नो ठाउँबाट अधिकतम जनमत निर्माणमा प्रयास गरौं’ उनले भने, ‘हामीले जित्दा समाजवादको आधार निर्माण गर्ने वातावरण बन्छ र हामी कमजोर हुँदै सबै परिवर्तनका उपलब्धि उल्टिने खतरा रहेको छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया