• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युक्रेन युद्ध : रुसद्वारा दक्षिणी सहर खेरसनको अवस्था ‘अत्यन्तै कठिन’ भएको स्वीकारोक्ति

    299
    SHARES


    काठमाडौँ। युक्रेनमा रहेको रुसी सुरक्षा बलका कमाण्डरले देशको दक्षिणी सहर खेरसनको अवस्था ‘कठिन’ रहेको र त्यहाँका मानिसलाई बाहिर निकाल्नुपर्ने बताएका छन् ।

    जनरल सर्गेई सुरोविकिनले युक्रेनी सेनाले सहरका पूर्वाधार र घरहरूलाई निशाना बनाएर हिमार रकेट प्रयोग गरिरहेको बताए । रुसको सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    ‘रूसी सेनाले त्यहाँ बस्ने मानिसलाई सुरक्षित बाहिर निकाल्नेछ,’ उनले भने । उनको यो भनाइलाई अर्का शीर्ष रुसी अधिकारीले पनि दोहोर्याए । रुसले नियुक्त गरेको क्षेत्रीय अधिकारी किरिल स्त्रेमोसोवले खेरसोनमा बसिरहेका मानिसलाई यस शहरमा निकै छिट्टै युक्रेनको सेनाले तगडा हमला बताएका छन् ।

    उनले टेलिग्राम मेसेजिङ सर्भिसमा पठाएको सन्देशमा भनेका छन्, ‘कृपया मेरो कुरालाई गम्भीरतापूर्वक लिनुहोस् । म यहाँबाट जतिसक्दो चाँडो मानिसहरूलाई सुरक्षित राख्ने कुरा गरिरहेको छु ।’​ नाइपर नदी किनारमा बसोबास गर्ने जनता सबैभन्दा बढी जोखिममा रहेको उनले बताए ।

    रुसले यस क्षेत्रमा भ्लादिमिर साल्डोलाई गभर्नर नियुक्त गरेको छ । साल्डोले पनि भिडियो सन्देशमार्फत यो खतरालाई स्वीकार गरेका छन् ।​ खेरसन युक्रेनको प्रमुख शहरहरू मध्ये एक हो, जुन यस वर्ष फेब्रुअरीमा भएको आक्रमणपछि रुसले कब्जा गरेको थियो ।

    पछिल्ला केही सातादेखि युक्रेनी सेनाले आफ्नो वरपरका क्षेत्रहरू पुनः नियन्त्रण गर्न द्रुत गतिमा प्रयास गरिरहेको छ । जनरल सुरोविकिनले भने, ‘यो विशेष सैन्य क्षेत्रको अवस्थालाई कठिन भन्न सकिन्छ ।’ रुसले अहिले खेरसन र युक्रेनी अन्य तीन भूभागमा आफ्नो नियन्त्रण दाबी गरेको छ । तर, यो दाबीलाई अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया