• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    आलोचनात्मक ट्वीट गर्ने अमेरिकी नागरिकलाई साउदीमा १६ वर्ष जेल सजाय

    290
    SHARES


    काठमाडौँ। साउदी अरेबियामा पक्राउ परेका एक अमेरिकी नागरिकलाई सरकारको आलोचना गर्ने ट्वीट लेखेको आरोपमा १६ वर्षको जेल सजाय सुनाइएको छ ।

    साउदी नागरिकता भएका ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न फ्लोरिडाबाट रियाद गएको बेला पक्राउ गरिएको थियो ।

    उनको छोराले पहिलो पटक उक्त घटनाबारे सार्वजनिक रूपमा बोलेका छन्, जुन उनकै शब्दमा अमेरिकी आधिकारिक सल्लाह विपरीत हो । साउदी अधिकारीहरूले बाबुलाई गिरफ्तार गरेपछि यातना दिने अवस्थाहरूमा राखिएको उनले आरोप लगाएका छन् । आफ्ना बाबु जेलमै मृत्यु भएको आफूले देख्न नचाहेको पनि उनले बताए ।

    जेल सजाय सुनाउने साउदी अदालतले उनलाई राज्यलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई समर्थन र आर्थिक सहयोग गरेकोमा दोषी ठहर गरेको थियो । अदालतमा अल्मादीले पोस्ट गरेका १४ ट्वीटलाई आधार बनाएर उनलाई सजाय तोकिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया