• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना, चार जनाको ज्यान गयो

    259
    SHARES


    काठमाण्डाै। ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ याम्फेवा खोला नजिक ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

    गएराति भएको दुर्घटनामा मैवाखोला वडा नम्बर-५ काम्सङ का वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला-४ ओदक का वर्ष २२ का शर्मिला शेर्पा र वर्ष १७ का लाकी शेर्पाको ज्यान गएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिएका छन् । ट्र्याक्टर सडकबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार गएराति साढे १२ बजे ताप्लिङ खोल्सामा ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया