• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पछिल्लो दशकमा युवाहरूको जीवनस्तर सुधार नहुनुको यस्तो छ कारण

    242
    SHARES


    काठमाडौँ। जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका उच्च जोखिममा रहेको एक अधिकार समूहले चेतावनी दिएको छ ।

    युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ । किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ । संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको जनाइएको छ ।

    पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ ।

    बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर मापन गरिन्छ । सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको जनाइएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया