• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    महानगरको अनुगमन टोलीले बर्गर हाउसमा कुहिएको मासु भेटे पछि…

    538
    SHARES


    काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नियमित अनुगमनको क्रममा बर्गर हाउसमा कुहिएको मासु भेताएको छ । अनुगमन टोली आज नियमित अनुगमनकै क्रममा मंगलबार मध्यान्ह १२ बजे नयाँ बानेश्वर चोकको ‘द बर्गर हाउस एन्ड क्रन्ची चिकेन’मा पुगेको थियो ।

    निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बर्गर हाउसको भान्साको फ्रिज खोले, ह्वास्सै दुर्गन्ध आयो ।

    ‘मासु गन्हाएको रहेछ, तत्काल नष्ट गर्न निर्देशन दियौं’ खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपन्छी महाशाखा प्रमुख डा. अवधेश झाले अनलाइनखबरसँग भने, ‘बर्गर हाउसका ग्राहकका लागि दिन भनेर राखेको मासु कसरी बिग्रियो ? हामीले जावाफ मागेका छौं ।’

    बर्गर हाउसका सञ्चालकले मासु सप्लायर्सले नै कुहिएको मासु पठाएको भन्दै टार्न खोजे । तर, अनुगमन टोली मासुको सप्लायर्ससँग पनि कुरा गर्ने गरी महानगरमा हाजीर हुन निर्देशन दिएर बाहिरियो । यसअघि जडिबुटीको बर्गरमा हाउसमा पनि यस्तै मासु र अखाद्य तेल भेटिएको थियो ।

    बानेश्वरको बर्गर हाउसको किचेनमा काम गर्न कर्मचारी र भान्साको सरसफाइमा समेत खासै ध्यान नपुगेको पाइएको झाले बताए ।

    विभागको टोली बानेश्वरकै थकाली भान्छा घरमा पनि पस्यो । भान्सा घरको टेबलमा खाना खाइरहेका ग्राहकहरुको बाक्लै उपस्थिति थियो । अनुगमन टोली सरासर भान्सामा छिर्यो, यतिबेला भान्सा घरका कर्मचारीहरु भन्सामै बसेर खाना खाइरहेका भेटिए । ग्राहकका लागि स्वच्छ खान बनाएर दिइनु पर्ने किचेनमा टन्नै कर्मचारी बसेर खाना खाइरहेको भेटिएपछि अनुगमन टोली थप चकित भयो ।

    ‘भान्सा पनि सफा थिएन, कर्मचरीहरु पनि खास स्वच्छतामा ध्यान दिएको अवस्थामा पाइएन । सबै जना कर्मचारी भान्सामै बसेर खाना खाने गरेको भेटियो,’ झाले भने, ‘रेष्टुराँ चलाउने तर कर्मचारीलाई खाना खान ठाउँ नदिने गर्दा उपभोक्तालाई समेत स्वच्छ खाने कुरा उपलब्ध गराउन हेल्चेक्रयाँइ गरेको देखियो ।’

    थाकखोलाका फ्रिजमा साना-साना प्यकमा राखिएका मासुका झोला भेटिए । ती मासु किन त्यसरी राखिएको हो भन्नेबारे सञ्चालकले स्पष्ट जवाफ दिन सकेनन् । बानेश्वर चोकमै रहेको द थकाली एण्ड सेकुवा क्याफे, काठमाडौं–३१ मा सञ्चालित कोलकत्ता स्वीट्स र लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयमा पनि यस्तै समस्या देखिएको झाले बताए ।

    स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार अनुगमन गरिएका सबैको भान्सामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन् ।

    ‘परिकार बनाउने कच्चा पदार्थहरु चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरुलाई खास चासो देखिएन । भान्सामा काम गर्नेहरुको व्यक्तिगत सरसफाइ कमजोर छ,’ उनले भने, ‘कर्मचारीहरुले एप्रोनको सही प्रयोग गरेका छैनन् । फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ । खाद्य अनुज्ञापत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुहरुको पनि प्रयोग भएको देखिन्छ ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया