• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनको ताइबान संगको गतिबिधि देखेर अमेरिकाको टाउको दुखाई

    340
    SHARES


    काठमाडौँ। चीनले ताईवानलाई पहिले सोचिएभन्दा ‘तीव्र समयसिमा’मा एकीकरण गर्न खोजेको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । बेइजिङले ताईवानको ‘अहिलेको स्थिति’ अब थप स्वीकार्य नहुने निर्णय गरेको पनि उनले बताए । चीनले ताईवानको वर्तमान हैसियत विद्रोही स्वशासित टापू भए पनि उ आफ्नै हिस्सा भएको मान्ने गरेको छ ।

    ताईवानमा भने यस विषयमा दुई थरी मत छ । ताईवानका दुई प्रमुख पार्टीमध्ये हालको प्रतिपक्षी र अहिलेको शासनको संस्थापक कोमिन्ताङले ताईवानस्थिति सत्तालाई सम्पूर्ण चीनको मुल प्रतिनिधि बताउने गर्छ । सन् १९४९ मा चीन वर्षदेखि चलेको गृहयुद्धको अन्त्यमा कम्युनिष्टसँग हारेपछि चीनमा शासन चलाईरहेको कोमिन्ताङ पार्टी ताईवान सरेको थियो ।

    त्यस्तै वर्तमान राष्ट्रपति साई इङ-वेन र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी भने ताईवान स्वतन्त्र मुलुक भएको र त्यही हुनुपर्ने विचार राख्ने गर्छ । आईतबार चिनियाँ कम्युनिष्ट पार्टीको पाँच वर्षमा हुने अधिवेशनको उद्घाटन सम्बोधनमा राष्ट्रपति सी जिनपिङले ताईवानलाई चीनमा मिलाउनको लागि बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेनन् ।

    मंगलबार स्ट्यानफोर्ड विश्वविदालयको एक कार्यक्रममा बोल्ने क्रममा ब्लिनकेनले ‘शान्तिपूर्ण ढंगबाट एकिकरण सम्भव नभए बेइजिङले डर धम्की र बल प्रयोग गर्ने ’ बताए । त्यस अवस्थामा अमेरिकाले ताईवानसँग गरेको प्रतिवद्धता अनुरुप ताईवानको प्रतिरक्षात्मक क्षमता वृद्धिमा सघाउने ब्लिनकेनले बताए ।

    वासिङ्टनले सन् १९७१ यता ताईवान र चीनको मुद्दामा जटिल कुटनीतिक सन्तुलन राख्ने प्रयास गरेको छ । अमेरिकाको आधिकारिक नीतिले ‘एक चीन नीति’ लाई स्वीकार्दै आएको छ । तथापि उसले ताईवानमाथिको एकीकरण एकतर्फ रुपमा हुन नहुने, ताईवानी नागरिकको मत लिनुपर्ने बताउँदै आएको छ ।

    अमेरिकाले ताईवानलाई स्वतन्त्र मुलुक नमाने पनि अनौपचारिक रुपमा ताईवानसँग विभिन्न व्यापारिक तथा प्रतिरक्षा सम्झौता गरेको छ । पछिल्लो समय बाईडेनले विभिन्न अबसरमा चीनको आक्रमणको समयमा वाशिन्टनले ताईवानको प्रतिरक्षा गर्ने बताईरहेका छन् । गत महिना अमेरिकी राष्ट्रपति जो बाईडेनले चीनले ताईवानमाथि आक्रमण गरे अमेरिकी फौजले ताईवानको प्रतिरक्षामा अघि आउने बताएका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया