• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    भारतबाट आयातीत म्याद नाघेको २ हजार किलो तिल बरामद

    325
    SHARES


    काठमाडौं । काठमाडौंको कुलेश्वरबाट उपभोग्य मिति नाघेको २ हजार किलो खैरो तिल बरामद भएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा मसला बिक्री गर्ने फर्ममा शंकास्पद अवस्थामा उक्त परिमाणको तिल भेटिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए।

    ‘मसला बिक्री गर्ने कुलेश्वरको फर्मले उक्त परिमाणमा म्याद नाघेको तिल राखेको पाइयो,’ महानिर्देशक भट्टराईले भने, ‘यो बरामद नभएको भए बजारमा जान सक्ने अवस्था थियो ।’
    फर्मको अन्य वस्तुहरु समेत शंकास्पद भएपछि प्रयोगशाला परीक्षणका लागि पठाइएको छ । फर्ममाथिको अनुसन्धान अझै जारी छ । बरामद भएको तिलको हालको बजार मूल्यमा ८ लाख बराबरको हो ।

    विभागका सूचना अधिकारी होमनाथ भट्टराईकाअनुसार कुलेश्वरको अभिशेष ट्रेडिङमा उक्त परिमाणको तिल भेटिएको हो । भारतबाट आयात गरिएको उक्त तिलको बोरामा उपभोग्य मिति सकिएको पाइएको छ । बरामद ४१ बोरा तिललाई नष्ट गरिएको भट्टराईले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया