• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    अफगानिस्तानमा पाँच बिद्रोही लडाकुको मृत्यु

    264
    SHARES


    काठमाडौँ। अफगानिस्थानमा पाँच जना लडाकुको ज्यान गाएको छ ।

    अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको छ । उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका हुन् ।

    आतङ्ककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारलाई बताएका हुन् । सुरक्षाबलले गरेको कारबाहीमा सशस्त्र विद्रोही बनाएका दुष्ट योजनालाई विफल भएको बताइएको छ । गत वर्ष केही घातक बम विस्फोटको जिम्मेवारी लिएका कट्टरपन्थी इस्लामिक स्टेट्स सङ्गठनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया