• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    वायु सेवा निगमले ७३ करोड किस्ता तिर्‍याे, ऋण ४२ अर्बभन्दा धेरै

    300
    SHARES


    काठमाण्डाै। नेपाल वायु सेवा निगमले पछिल्लो कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ताबापतको ७३ करोड नाै लाख रुपैयाँ भुक्तानी गरेको छ ।

    कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता हिजो साेमवार तिरिएको निगमले जनाएको छ ।

    कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको ५३ करोड र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड गरी ७३ करोड नाै लाख रुपैयाँ रकम भुक्तानी गरिएको निगमले जानकारी दिएको छ ।

    विगत तीन वर्षदेखि विविध कारणले सञ्चय कोष र नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकोमा अहिले नियमित उडान र अकुपेन्सी दरमा सुधारबाट आम्दानी बढेपछि किस्ता तिर्न सकिएको निगमले जनाएको छ ।

    निगमले गएको असारमा पनि किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ तिरेको थियो । नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्नका लागि सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँको ऋण लिएको थियो । साथै न्यारोबडी खरिदका लागि सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो । ३४ अर्ब रुपैयाँ ऋणको ब्याजसमेत गर्दा निगमको ऋण दायित्व ४२ अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया