• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

    371
    SHARES


    काठमाडौँ। भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।

    केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ ।

    दुर्घटनामा पाइलट अनिल सिंहको पनि ज्यान गएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरले बताए ।

    ज्यान गुमाउने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख गरिएको छ ।

    घटनाप्रति भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया