• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    म्याराथन धाविमा चोटका कारण सपना पुरा भएन : पुष्पा

    421
    SHARES


    पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला म्याराथनतर्फको दौडमा धाविका पुष्पा भण्डारी घाइते भएकी छन् ।

    म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार पुष्पा खुट्टामा चोट लागेर घाइते भएकी हुन् । करिब २० किलोमिटर दुरी पार गर्दै गर्दा उनको खुट्टा फ्याक्चर भएको हो ।

    उनलाई पोखरास्थित अन्नपुर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले पलास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    पुष्पाले १३ औं सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितेकी थिइन । उनी महिला म्याराथन तर्फ साग अन्तराष्ट्रिय पदक जित्ने पहिलो खेलाडी पनि हुन् ।

    एपीएफ कल्बमा आवद्व पुस्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी भएपनि खुट्टामा चोट लागेका कारण आफ्नो सपना पूरा नभएको उनले प्रतिक्रिया दिएकी छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया