• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    चुनावमा बालबालिका प्रयाेग नगर्ने राजनीतिक दलकाे प्रतिबद्धता

    288
    SHARES


    रुपन्देही। रुपन्देहीका क्रियाशील राजनीतिक दलहरूले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे प्रचारप्रसार, आमसभा, जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिबद्धता जनाएका छन् ।

    चाँदनी नेपालले मङ्गलवार बुटवलमा आयोजना गरेको कार्यक्रममा जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूले चुनावलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउने प्रतिबद्धता जनाएका छन् ।

    उनीहरूले चुनावमा उम्मेदवारको घोषणापत्र र एजेन्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न सहज वातावरण तयार गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । आपसमा आरोप-प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने उनीहरूले बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया