• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    विदेशबाट फर्किएका युवालाई एक महिने सीप विकास तालिम

    303
    SHARES


    बारा। विदेशबाट फर्केका नेपाली युबाहरुलाई स्वरोजगार तुल्याउने उद्देश्यले बाराको निजगढ र कोल्हबीमा आयोजना गरिएको एक महिने दक्षता परीक्षामा सहभागीलाई सामग्री हस्तान्तरण गरिएको छ ।

    एक महिने तालिम समापन भएसँगै उनीहरूको स्कील टेष्ट गरेर सामग्री हस्तान्तरण गरिएको हो ।

    बाराको कोल्हबी, निजगढ र रतनपुरीका १८० जना सहभागीलाई रिटर्न माइग्रेट नेपालका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे, निजगढ नगरपाकिलाकाका प्रमुख सुरथ पुरी एंव उपप्रमुख सोममाया थिङले सामग्री हस्तान्तरण गरेका छन् ।

    मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा रिटर्नी माइग्रेन्टको आयोजनामा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ब्रिटिस काउन्सिल, युरोपियन युनियन र युएनडिपीलगायत संस्थाहरूको सहयोगमा निजगढ र कोल्हबीमा विदेशबाट फर्किएका युवाहरूका लागि दिइएको एक महिने तालिम समापन कार्यक्रममा सामग्री वितरण गरिएको जनाइएको छ ।

    युवाहरूलाई विद्युत, डकर्मी र धारा जडानसम्बन्धी तालिम दिइएको थियो भने तालिमका लागि छनाेटमा परेको रौतहटस्थित साँझा व्यवसाय सीप विकास प्रालिले एक सय र सर्लाहीको उद्यमी विकास तथा रोजगार सृजना केन्द्रले ८० जना युवालाई तालिम दिएको थियो । तालिमपछि सहभागीहरूका स्किल टेष्ट गरिएको र उनीहरूले काम गर्ने औजारहरू वितरण गरिएको रिटर्नीका सचिव घिमिरेले जानकारी दिएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया