• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    हिजाब नलगाई प्रतिस्पर्धा गर्ने इरानी खेलाडी ‘बेपत्ता’

    456
    SHARES


    काठमाडौँ। हिजाब नलगाई एसियाली क्लाइम्बिङ प्रतियोगितामा भाग लिएकी इरानकी महिला एथलीट एलनाज रेकाबी बेपत्ता भएकी छिन् ।

    बीबीसी पर्शियनलाई प्राप्त जानकारी अनुसार एलनाज सोमबार रातिदेखि आफ्ना साथीहरूसँग सम्पर्कमा नरहेको पाइएको हो । एलनाज एसियाली क्लाइमबिङ प्रतियोगितामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल पुगेकी थिइन् । प्रतियोगिता अक्टोबर १६ मा भएको थियो ।​

    एलनाज इरानको प्रतिनिधित्व गर्दै थिइन् । खेलकुद प्रतियोगितामा पनि इरानी महिलाहरूलाई हिजाब अनिवार्य छ । तर इरानमा विगत एक महिनादेखि हिजाबको विरोधमा मानिसहरूले प्रदर्शन गर्दै आएका छन् ।

    बीबीसी फारसीले इरानको टोली बसेको सियोलको होटलमा पनि सम्पर्क गर्‍यो तर टोलीका सबै सदस्य सोमबार बिहानै होटलबाट निस्किएको बताइएको छ ।​ रेकाबीको राहदानी र मोबाइल फोन जफत गरिएको एक स्रोतले बीबीसीलाई बताएको छ । योजना अनुसार इरानको टोली बुधबार स्वदेश फर्किने छ । इरानले यो समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    प्रतियोगितामा एलनाज रेकाबीले चौथो स्थान हासिल गरिन् । तर, उनी टाउको नछोपी प्रतियोगितामा प्रवेश गरेकी थिइन्, जसका तस्विरहरु सामाजिक सञ्जालमा निकै शेयर भएका थिए । एक विश्वसनीय स्रोतले बीबीसी फारसीलाई रेकाबी टोलीका अन्य सदस्यहरूसँग इरान प्रस्थान गरेको हुनसक्ने बताएको छ।

    बीबीसी फारसीले एलनाज रेकाबीको बारेमा थप जानकारी सङ्कलन गर्ने प्रयास गर्यो । तर, इरानी अधिकारीहरूले रेकाबी बिना हिजाब प्रतियोगितामा भाग लिएको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया