• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    केदारनाथमा निजी कम्पनीको हेलिकप्टर दुर्घटना, के छ अवस्था ?

    728
    SHARES


    काठमाडौँ। उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो ।

    समाचार एजेन्सी एएनआईका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । मिडिया रिपोर्टमा खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । तर, अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।

    मिडिया रिपोर्टका अनुसार यो हेलिकप्टर निजी कम्पनीको थियो र यसमा ५ जना यात्रु सवार थिए । धेरै मिडिया रिपोर्टमा प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज आएपछि स्थानीयले अधिकारीहरूलाई खबर गरेको बताइएको छ ।

    भारतका नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले घटनालाई दुर्भाग्यपूर्ण भन्दै आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र अवस्थाको अनुगमन गरिरहेको पनि बताए ।

    देहरादुनका राजेश डोबरियालले उक्त हेलिकप्टर आर्यन कम्पनीको भएको र केदारनाथबाट दर्शनार्थी लिएर फर्किरहेको बताए । घटना लिम्चोली नजिक भएको रुद्रप्रयागका जिल्ला सूचना अधिकारीले बताए । यद्यपी, हताहतको विवरण भने आइसकेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया