• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    कर्णाली राजमार्ग अवरुद्ध, जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव

    388
    SHARES


    काठमाडौँ। कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थको अभाव देखिएको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ ।

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । कर्णाली राजमार्ग खुलाउने समय लाग्ने हल्ला फैलिएकाले बजारमा कालोबजारीसमेत हुन थालेको छ ।

    कालोबजारी रोक्न चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको छ । अनुमगनका क्रममा झण्डै दुई महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताइन् । पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    पेट्रोलिय पदार्थको आपूर्ति सहज बनाउन अवरुद्ध कर्णाली राजमार्ग छिटो भन्दा छिटो खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको ध्यानाकर्षण गराइएको छ । कार्यालयले पनि जतिसक्दो छिटो सडक खुलाउन प्रयास भइरहेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया