• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    तिहारको मुखैमा अरिंगालले लियो आमा-छोरीको ज्यान

    1K
    SHARES


    काठमाडौँ। सल्यानमा अरिंगालले चिलेर आमाछोरीको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

    सल्यानको सिद्ध कुमाख – १ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी चार वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिङगालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    हिजो बेलुका खेतमा धान काटेर घर फर्किने क्रममा बाटोमा तीन जनालाई अरिंगालले चिलेको थियो ।

    श्रीनगरमा रहेको परोपकार अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा प्राप्तिको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    आमा शोभाको भने बिहान ज्यान गएको हो । अरिंगालले चिलेर बिरामी परेका नवीन बस्नेतको भने श्रीनगरमा रहेको परोपकार अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया