• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेस दुई दिने भ्रमणमा आज भारत आउँदै

    388
    SHARES


    काठमाडौँ। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारत आउँदै छन् ।

    सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता उनको यो पहिलो भारत भ्रमण हो । गुटेरेसले मुम्बईमा ‘संयुक्त राष्ट्र सङ्घ-भारत साझेदारी, दक्षिण-दक्षिण सहयोगको सुदृढीकरण’ विषयमा सार्वजनिक सम्बोधन गर्ने छन् । उनि  बिहीवारसम्म भारतमा रहने छन् ।

    बिहीवार गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग वातावरण सुरक्षाका लागि जीवनशैली पुस्तिका, लोगो र ट्यागलाइनको विमोचन समारोहमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

    सन् २०२१ को नोभेम्बरमा ग्लास्गोमा भएको कोप-२६ मा भारतीय प्रधानमन्त्रीले वातावरण संरक्षणका लागि जीवनशैली पुस्तिकाको अवधारणा अघि सारेका थिए । गुटेरेसले यसअघि पहिलो कार्यकालमा सन् २०१८ को अक्टोबरमा पनि भारतको भ्रमण गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया