• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    चान्सलर हन्टले यसरी उल्ट्याए प्रधानमन्त्री ट्रसका आर्थिक नीति

    342
    SHARES


    काठमाडौँ। बेलायतका नवनियुक्त चान्सलर जेरेमी हन्टले प्रधानमन्त्री लिज ट्रस सरकारले जारी गरेका सबैजस्तो प्रमुख र महत्त्वपूर्ण आर्थिक नीतिहरू उल्ट्याइदिए। उनले हप्तौँ लामो वित्तीय उथलपुथल अन्त्य गर्ने प्रयास स्वरूप यो कदम चालेको बताएका छन् ।

    आफ्ना योजनाहरू द्रुतगतिमा कार्यान्वयन गरेको र बजारलाई सहज र आश्वस्त तुल्याउन यी कदमहरू आवश्यक रहेको पनि चान्सलर हन्टको भनाइ रहेको छ । करमा व्यापक कटौती गर्नेसम्बन्धी सरकारको प्रस्तावले पाउन्डको मूल्यमा गिरावट आएको र बेलायत सरकारको उधारोको लागत वृद्धि भएको थियो ।

    हन्टको कदमपछि बजारले सकारात्मक प्रतिक्रिया देखाएको छ । उनले प्रधानमन्त्रीले जारी गरेको नीतिहरू खारेज गरेसँगै पाउन्डको मूल्यमा वृद्धि भएको छ र सरकारको उधारोको लागतमा कमी आएको छ । यो घोषणाको प्रभाव युरोपेली अर्थतन्त्रमा पनि देखिएको छ ।

    युरोपेली शेयर, बोन्ड र प्रमुख मुद्राहरू पनि बलियो स्थितिमा देखिएका छन् । केही सत्तारुढ सांसदहरूले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेपछि ट्रसले प्रधानमन्त्रीको रूपमा आफ्नो पद सुरक्षित राख्ने प्रयास स्वरूप मन्त्रिपरिषद्का सदस्यहरूसँग भेट गर्दै आएको पनि जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया