• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    नवौं राष्ट्रिय : शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन बन्न सफल

    513
    SHARES


    काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन प्रतियोगितामा त्रिभुवन आर्मी ५९ अंकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ ।

    सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतियोगिताको ८० केजी तौलमा आर्मीका ललित धिमालले स्वर्ण जितेका छन् । उनले एपिएफका राकेश श्रेष्ठलाई पछि पार्दै स्वर्णमा आफ्नो नाम लेखाएको छन्। नेपाल पुलिसका रत्न सुन्दर नायकुसीले तृतीय स्थान प्राप्त गर्दै कास्य पदक पाए ।

    ८० केजी माथीको तौल समूहमा आर्मी, लुम्बिनी र एपिएफले स्वर्ण रजत र कास्य जिते भने सेनाका उमेश राईले स्वर्ण जिते । धर्मश्री बिजेता उनी मालदिप्समा सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपका पनि समूह विजेता रहेका छन्। लुम्बिनीका बिष्णु निशाद र एपिएफका आदित्य ठाकुर दोश्रो र तेश्रो भएका हुन् ।

    स्पोर्टस् फिजिक १७० सेमी तलको समूहमा गण्डकी प्रदेशले स्वर्ण जित्यो त्यस्तै गण्डकीका प्रदीप रेग्मीले नेपाल पुलिसका सुकदेव कार्कीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । यस्तै एपिएफका किरण सुवालले रजत जिते ।

    १७० सेमी माथीको विधामा प्रदेश १ ले बाजी मार्यो । औतार श्रेष्ठले प्रदेश १ का लागि स्वर्ण जितेका हुन् । एपिएफका निहाल जोशीले रजत र नेपाल पुलिसका सुरज डंगोलले कास्य पाए । महिला मोडल फिजिकतर्फ आर्मीकी स्वेता कपालीले स्वर्ण जितिन् । बागमती प्रदेशकी रोजिना ख्यामली र पुलिसकी सनम मुलगुठीले रजत र कास्य दुवै हातपा रिन् ।

    महिला शारीरिक सुगठनमा एपिएफकी पुजा श्रेष्ठले बाजी मारिन्उ भने उनले आर्मीकी जास्मिन लामालाई रजतमा खुम्च्याउँदै स्वर्ण कब्जा गरेकी हुन् र प्रदेश १ की रजनी श्रेष्ठले कास्य जितिन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया