• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    आज थप ४६ जनामा कोभिड सङ्क्रमण पुष्टी

    250
    SHARES


    काठमाडौँ। पछिल्लो २४ घन्टामा थप ४६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

    दुई हजार दुई सय ८७ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    कोभिड सङ्क्रमितको कूल सङ्ख्या १० लाख एक सय ९१ पुगेको छ । आज १७ जना कोभिड सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

    अहिलेसम्म नौ लाख ८७ हजार चार सय ६१ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ छ ।

    हालसम्म कोभिड सङ्क्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया