• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकै लामो म्याराथन कात्तिक ६ देखि सोलुखुम्बुमा हुँदै

    592
    SHARES


    सोलुखुम्बु। साेलुखुम्बुमा विश्वकै लामो दुरीको म्याराथन प्रतियोगिता हुन्दैछ । आउँदाे कात्तिक ६ गतेदेखि सोलुदूधकुण्ड नगरपालिका ८ धापबाट प्रतियोगिता सुरु हुने आयोजक संस्था स्मल वर्ल्डले जनाएको छ ।

    आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाका अनुसार धापबाट सुरु भएर सगरमाथा आधार शिविरसम्म पुगेर पुनः धापसम्म नै आएर टुङ्गिने म्याराथनको दुरी तीन सय १० किलोमिटरको हुने छ । धावक दा छिरि शेर्पाको अगुवाइमा हुने प्रतियोगिता लगातार १५ दिनसम्म चल्ने भएको जनाइएको छ । दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र १२ जना नेपाली धावक सहभागी रहने छन् ।

    प्रतियोगिता धाप-पिके डाँडा-नाम्चे-गोकियो हुँदै सगरमाथा आधार शिविर पुगेर त्यही ठाउँ हुँदै धावकको टोली धाप नै फर्कने छ । सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा रहेको छ ।

    विदेशीहरूले यो लामो म्याराथनको भिडियो डकुमेन्ट्री बनाएर विश्वका महत्त्वपूर्ण च्यानलहरूमा प्रसारण गर्ने अध्यक्ष शेर्पाले बताए । कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिययस्तरको दौड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया