• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    निर्वाचन अधिकृतको कार्यालद्वारा राजु गुरुङको उम्मेदवारी कायम

    372
    SHARES


    काठमाडौँ। सर्वोच्च अदालतको आदेशपछि रुपन्देही क्षेत्र न. २ निर्वाचन अधिकृतको कार्यालयले राजु गुरुङको उम्मेदवारी कायम गरेको छ । यसअघि असोज २५ गते गुरुङको उम्मेदवारी खारेज भएको थियो ।

    निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ का निर्वाचन अधिकृत उदविर नेपालीले सोमबार दिउँसो सूचना निकाल्दै गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरिएको उल्लेख गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन पनि दर्ता गरेका थिए ।

    ‘निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनि यस कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको हुँदा उक्त आदेश बमोजिम यस कार्यालयबाट निज उम्मेदवार राजु गुरुङको उम्मेदवार खारेज गर्ने यस कार्यालयको मिति २०७९/०६ / २५ मा भएको निर्णय कार्यान्वयन नगरि यथास्थितिमा राखिएको बेहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ’ निर्वाचन अधिकृतको कार्यालयको सूचनामा भनिएको छ ।

    न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले अन्तरिम आदेश निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया