• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    चितवन १ मा कांग्रेसका बागीद्वारा विश्व पौडेललाई समर्थन

    583
    SHARES


    काठमाडौं । चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेललाई समर्थन गरेका छन् ।

    कांग्रेसले यो क्षेत्रमा विश्व पौडेललाई उम्मेदवार बनाएपछि बुर्लाकोटीले बागी उम्मेदवारी दिएका थिए र उनले निर्वाचन आयोगले दिएको समयभित्र उम्मेदवारी फिर्ता पनि लिएका थिएनन् ।

    तर सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने घोषणा गरे । पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएपछि उम्मेदवारी निष्क्रिय रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । पत्रकार संगको कुराकानीमा उनले राष्ट्रिय सभा सदस्य बनाउने वचन दिएपछि उम्मेदवारी निष्क्रिय बनाएको बताएका हुन् ।

    यो क्षेत्रमा नेकपा एमालेबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका बुर्लाकोटी नेकपा एमालेका नेता पाण्डेसँग पराजित भएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया