• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    यसकारण खुले पार्टीका उम्मेदवारका प्रस्तावक बागीको पक्षमा

    290
    SHARES


    काठमाडौं । जिल्ला र प्रदेश कमिटीले सिफारिसमा नपरेका व्यक्तिलाई पार्टी केन्द्रले प्रदेश सभा उम्मेदवार बनाएपछि धादिङ एमालेमा खैलाबैला मच्चिएको छ ।

    धादिङ क्षेत्र नं. १ ‘क’ मा नेकपा एमाले जिल्ला कमिटी धादिङ र बागमती प्रदेश कमिटीले पार्टीका पूर्व अध्यक्ष नेत्रप्रसाद पौडेललाई उम्मेदवारीमा सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले युवा संघका नेता रमेशप्रसाद आचार्यलाई टिकट दिएपछि पौडेलले बागी उम्मेदवारी दिएका थिए ।

    आचार्यका प्रस्तावक बसेका नेकपा एमाले थाक्रे गाउँपालिकाका अध्यक्ष कृष्ण पन्तले बागी उम्मेदवार पौडेललाई सघाउने निर्णय गरेका छन् । सोमबार बसेको पार्टीको थाँक्रे गाउँपालिका समितिको बैठकमा उपस्थित अधिकांश नेता कार्यकर्तासँगै आफूले पनि पार्टीका अध्यक्ष आचार्यलाई सघाउन नसक्ने निर्णय गरेको पन्तले बताए ।

    ‘पार्टीका महासचिव शंकर पोखरेलको निर्देशनबमोजिम हामीले नेता पौडेललाई सिफारिस गरेका हौं,’ पन्तले भने, ‘पछि केन्द्रबाट पार्टीको कुनै पनि कमिटीले सिफारिस नगरेको आचार्यलाई उम्मेदवार बनाइयो र अहिले दुईजना उम्मेदवार बन्ने अवस्था आएको छ ।’ नेता पन्तले पार्टीले दुईमध्ये एक उम्मेदवारलाई फिर्ता नगरेसम्म सिंगो पालिका कमिटी चुनावी अभियानमा सक्रिय नहुने पनि उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया