• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    मानवशास्त्री ओम गुरुङको ६८ वर्षको उमेरमा निधन

    898
    SHARES


    काठमाडौँ। नेपाल जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री ओम गुरुङको सोमबार निधन भएको छ ।

    ६८ वर्षको उमेरमा गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । अस्पतालमा १:४५ बजे निधन भएको गुरुङका सहकर्मी मन खत्रीले बताए । ‘उहाँमा क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछि नेपालमा पनि क्यान्सरको उपचार हुँदै आएको हो,’ खत्रीले भने, ‘आइतबार उहाँलाई अफ्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो । आज १ बजेर ४५ मिनेटमा निधन भयो ।’

    त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङका श्रीमती, १ छोरा र २ छोरी रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया